
पेरिस सेन्ट जर्मेन (पीएसजी) र एटलेटिको म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिगको सेमिफाइलनमा आफ्नो स्थान सुरक्षित गरेका छन् । पीएसजीले एनफिल्डमा भएको क्वाटरफाइनल दोस्रो लेगमा लिभरपुललाई २–० ले हरायो र समग्रमा ४–० को अग्रता लिन सफल रह्यो ।
डिफेन्डिङ च्याम्पियन पीएसजीका लागि ओसमन डेम्बेलेले दुवै गोल गरे । यस हारसँगै लिरभपुलको यो सिजन कुनै पनि उपाधि जित्ने सम्भावना समाप्त भएको छ । पीएसजी पहिलो लेगमा २–० ले नै अगाडि थियो ।

अर्को क्वाटरफाइदल दोस्रो लेलगमा बार्सिलोनाले एटलेटिकोलाई २–१ ले हरायो । तर बार्सिलोना अझै पनि समग्रमा ३–२ ले पछाडि परेको हो । एटलेटिकोले पहिलो लेग २–० ले जितेको थियो ।
यसपल्ट बार्सिलोनाका लागि लामिन यामल र फेरान टोरेसले गोल गरे । तर एडेमोला लुकमनले एटलेटिकोका लागि गरेको गोलले अन्ततः उसलाई सेमिफाइनल पुर्यायो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]