
काठमाडौं। आगामी अप्रिल २०२६ मा रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघले साेमबार प्रेस विज्ञप्तिमार्फत टोली सार्वजनिक गरेको हो। घोषित टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ। अनुभवी र युवा खेलाडीको समिश्रण रहेको टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
घोषित टोली
१. इन्दु बर्मा (कप्तान)
२. पूजा महतो (उपकप्तान)
३. बिन्दु रावल
४. सम्झना खड्का
५. रुबी पोखरेल
६. कविता जोशी
७. रिया शर्मा
८. रोमा थापा
९. कविता कुँवर
१०. सुमन बिष्ट
११. अनु कडायत
१२. मनिषा उपाध्याय
१३. रचना चौधरी
१४. रबिना क्षेत्री
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]