
अंक तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पहिलो हार बेहोरेको छ । उसलाई सनराइज हैदरावादले ५७ रनले पराजित गरेको हो । हारका बावजुत राजस्थान आठ अंक पहिलो स्थानमै छ ।
हैदरावाद भने चार अंकमा चौथो स्थानमा उक्लेको छ । हैदरावादमा भएको खेलमा घरेलु टिमले पहिले ब्याटिङ गर्दै छ विकेटमा २ सय १६ रन बनाएको थियो । त्यसमा कप्तान इसान किसनले ९१ रनको योगदान गरे । उनले आठ चौका र छ छक्का प्रहार गरे ।
जवाफमा राजस्थानले १९ ओभरमा अलआउट हुन अगाडि १ सय ५९ रन मात्र बनाउन सक्यो । डोनाभन फेरेराको यसमा ६९ रनको योगदनन रह्यो । हैदरावादका लागि प्रभुल हिंगे र सकिब हुसेनले चार चार विकेट लिए ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]