Share on:

सात गोलको थ्रिलरमा इन्टर विजयी
April 13th, 2026

इन्टर मिलानले इटालीको सिरी ए मा आइतबार सात गोलको थ्रिलरमा कोमोमाथि ४–३ को जित आत्मसात् गरेको छ । यो नतिजापछि उसले एक हात उपाधिमाथि राखेको छ ।


इन्टर ७५ अंकमा शीर्ष स्थानमा रह्यो भने नेपोली ६६ अंकमा दोस्रोमा छ । नेपोलीले पार्मासँग १–१ को बराबरीमा रोकिएपछि इन्टरका लागि स्थिति अझ अनुकुल बनेको हो । इन्टरले दुई गोलले पछाडि रहेको स्थितिबाट यो जित आत्मसात् गरेको हो ।


त्यसमा मार्कस थुराम डेनजेल डुमफ्रेसले इन्टरका लागि दुई दुई गोल गरे । त्यस अगाडि कोमोले एलेक्स भाले र निको पाजको गोलले कोमोले दुई गोलको अग्रता लिएको थियो ।


Swadesh Maharjan | April 13th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya