
प्रसिद्ध कृष्णले उत्कृष्ट बलिङ गरेपछि गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा आइतबार लखनउ सुपर जायन्ट्सलाई सजिलै सात विकेटले हराएको छ । पहिले ब्याटिङ गरेको लखनउले आठ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सकेको थियो ।
प्रसिद्धले २८ रनमा चार विकेट लिए र उनी नै निर्विवाद प्लेयर अफ द म्याच रहे । लखनउका लागि ओफनर एडेन मारक्रमले बनाएको ३१ रन नै सर्वाधिक ठूलो व्यत्तिगत स्कोर रह्यो र उनलाई छाडेर अरुले गतिलो योगदान गर्न सकेनन् ।
जवाफमा गुजरातले १८.४ ओभरमा तीन विकेट गुमाएर १ सय ६५ रन बनाउन सफल रह्यो । उसका लागि कप्तान शुभमन गिलले ५६ र जस बटलरले ६० रन बनाए । यो जितपछि गुजरात चार अंकमा पाँचौं स्थान पुगेको छ । लखनउ चार अंकमै रहेर छैटौं स्थानमा रह्यो ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]