
नोरडी मुखिलेले ६१ औं मिनेटमा गरेको निर्णायक गोलको मदतले सन्डरल्यान्डले इंग्लिस प्रिमियर लिगमा आइतबार टोटनहमलाई १–० ले पराजित गरेको छ । हारले टोटनहममाथि रेलिगेसनको दबाब अझ बढेको छ । अहिले टोटनहम ३० अंकमा सीमित रहेर १८ औं स्थानमा छ ।
उसको अगाडि वेस्ट ह्याम ३२ अंकमा रहेको छ । सन्डरल्यान्ड भने ४६ अंकमा दसौं स्थानमा उक्लेको छ । नटिंघम फरेस्ट र एस्टन भिल्लाबीचको खेल भने १–१ को बराबरीमा समाप्त भएको छ । भिल्ला ५५ अंकमा चौथो स्थानमा कायम छ ।
यस्तै क्रिस्टल प्यालेसले भने न्युकासल युनाइटेडमाथि २–१ को पुर्नआगमन जित हात पारेको छ । त्यसमा जियान फिलिपेले दुई गोल गरे । उनको निर्णायक गोल दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीबाट भएको थियो ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]