
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आइतबार चेल्सीलाई ३–० ले हराएको छ । यो जितपछि सिटी शीर्षमा रहेको आर्सनलमाथि दबाब सिर्जना गर्ने बलियो स्थितिमा पुगेको छ ।
सिटीको ३१ खेलबाट ६४ अंक भएको छ । आर्सनल ७० अंकमा शीर्ष स्थानमा रहेको छ । उसले एक खेल बढी खेलेको पनि छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा सिटीका लागि निको ओरेली, मार्क गुएही र जेरेमी डुकुले गोल गरेका हुन् ।
तीन गोल दोस्रो हाफमा १७ मिनेटको अन्तरमा सम्भव भएको थियो । हारले चेल्सीको अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा खेल्ने सम्भावना कमजोर बनेको छ । चेल्सी ४८ अंकमा छैटौं स्थानमा रह्यो । यो पाँचौ स्थानमा रहेको लिभरपुलसँग चार अंकको दूरी हो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]