
नोआ ओकाफोरले निर्णायक गोलको मदतले लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएर दुर्लभ र ऐतिहासिक जित निकालेको छ । युनाइटेडमाथि लिगमा लिड्स विजयी रहेको यो सन् २००२ यता पहिलो हो ।
यस्तै ओल्ड ट्रायफोर्डमा लिड्स विजयी रहेको यो ४५ वर्षयता पहिलो पटक हो । ओकाफोरले नै लिड्सलाई अग्रता दिलाएयता कासेमेरोले युनाइटेडका लागि बराबरी गोल फर्काए । लिसान्ड्रो मार्टिनेजले दोस्रो हातमा रातो कार्ड खाएर मैदान छाडेपछि युनाइटेड दस खेलाडीमा सीमित रहेको थियो ।
लिड्सको ३६ अंक भएको छ र यो रेलिगेसन क्षेत्रबाट छ अंकको अग्रता हो । लिड्स अब लगभग सुरक्षित देखिएको छ । युनाइटेड भने ५५ अंकमा तेस्रो स्थानमा रह्यो । यो हारले शीर्ष चारमा रहन युनाइटेडले संघर्ष गर्नु पर्ने भएको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]