
चेन्नाइ सुपर किंग्सले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइट राइडर्सलाई सजिलै ३२ रनले पराजित गरेको छ । हारले कोलकाता अंक तालिकाको पुछारमा रह्यो । उसको पाँच खेलबाट एकै अंक मात्र छ ।
अर्कोतर्फ चेन्नाइको भने चार अंक भएको छ र यो पनि आठौं स्थानमा मात्र छ । चेन्नाइमा उसले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा १ सय ९२ रन बनाएको थियो । त्यसमा सन्जु सामसनले ३२ बलमा सर्वाधिक ४८ रन बनाए ।
यस्तै डेवाल्ड ब्रेभिसले ४१ रन जोडे । जवाफमा कोलकाताले सात विकेटमा १ सय ६० रन मात्र बनाउन सक्यो । रमनदीप सिंहले बनाएको ३५ रन नै यसमा सबैभन्दा ठूलो स्कोर रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]