काठमाडौँ । एसियन क्रिकेट काउन्सिलले एसिया कपको तालिका सार्वजनिक गरेको छ।
युएईमा आयोजना हुने प्रतियोगितामा ८ देशका पुरुष टिमबीच ९ सेप्टेम्बरदेखि २८ सेप्टेम्बरसम्म हुने भएको छ।
प्रतियोगितामा भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत, पाकिस्तानसँगै युएई र ओमान समूह ए मा रहेका छन् भने श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ समूह बी मा रहेका छन्।
प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तान र हङकङ खेल्दैछन्।
यस्तै, भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर १४ आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ। खेलहरू दुबई र अबुधाबीमा खेलिनेछन् ।
यस प्रतियोगिताको आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड भएपनि भारत र पाकिस्तान बीचको तनावका कारण दुवै देशले २०२७ सम्म तटस्थ स्थानमा मात्र खेल खेल्न सहमति जनाएकाले प्रतियोगिता संयुक्त अरब इमिरेट्समा आयोजना हुने भएको हो।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]