Share on:

इंग्ल्यान्ड फेरि पनि वुमेन्स युरो च्याम्पियन
July 28th, 2025

कहिल्यै हार नमान्ने बानीले कसरी फुटबलमा सफलता दिलाउने गर्छ, एउटा अर्को उदाहरण तयार भएको छ । इंग्ल्यान्डले आफ्नो समग्र फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धीका रूपमा आइतबार वुमेन्स युरो २०२५ को उपाधि जितेको छ ।

डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने क्रममा इंग्ल्यान्डले फाइनलमा विश्व च्याम्पियन स्पेनलाई टाइब्रेकरमा ३–१ ले हराएको हो । बासेलमा भएको फाइनलमा क्लोई केलीले निर्णायक पेनाल्टी प्रहारमा गोल गरिन् । निर्धारित र अतिरिक्त समयको खेल भने १–१ को बराबरीमा टुंगेको थियो ।

यो जितसँगै इंग्ल्यान्डले विश्वकप फाइनलमा स्पेनकै हातबाट बेहोरेको हारको बदला पनि लिएको छ । सेन्ट ज्याकोब पार्कमा स्पेनले म्यारिना क्लाडेन्टरीको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । त्यसपछि एलेसिया रुसोले इंग्ल्यान्डका लागि बराबरी गोल फर्काइन् ।

पेनाल्टी सुटआउटमा इंग्ल्यान्डका लागि नायक गोलरक्षक हनाह ह्याम्पटन रहिन् । स्पेन तीन प्रहारमा चुकेको थियो र त्यसमध्ये दुई अवसरमा हनाहले नै बचाउ गरेकी थिइन् ।


Swadesh Maharjan | July 28th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya