
भारत र श्रीलंकामा आयोजना हुन लागेको ट्वान्टी ट्वान्टी विश्वकपमा बंगलादेशले नखेल्ने निश्चित छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शनिबार यसको पुष्टि गरेको छ । अब उसको स्थानमा स्टकल्यान्डले विश्वकप खेल्नेछ । नेपाल पनि स्कटल्यान्डकै समूहमा रहेको छ । समूह सी का अन्य टिममा इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटाली रहेका छन् ।
यस अगाडि बंगलादेशले भारतमा सुरक्षाको कारण देखाएर नखेल्ने घोषणा गरेको थियो । उसले आफ्नो खेल भारतबाट श्रीलंकामा सार्न अनुरोध समेत गरेको थियो । तर बंगलादेशको यो अनुरोधलाई आईसीसीले स्विकारेको थिएन् । यस्तोमा बंगलादेशले भारत नजाने बताएपछि आईसीसीले उसको स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय गरेको हो ।
त्यस अगाडि भारतीय क्रिकेट बोर्ड बीसीसीआईको आदेशमा आईपीएल टिम कोलकाता नाइटराइडर्सले बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानसँगको अनुबन्ध तोडेको थियो । भारत र बंगलादेशबीचको सम्बन्ध चिस्सिएसँगै यसको प्रभाव क्रिकेटमा परेको थियो । बंगलादेशले भारतमा नखेल्ने निर्णयले दुई देशबीचको सम्बन्ध अझ तनावपूर्ण हुनेछ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]