Share on:

वेस्ट ह्यामले हरायो सन्डरल्यान्डलाई
January 24th, 2026

रेलिगेसनबाट बच्न संघर्षरत वेस्ट ह्यामले शनिबार इंग्लिस प्रिमियर लिगमा सन्डरल्यान्डलाई ३–१ ले पराजित गरेको छ । यो जितपछि वेस्ट ह्यामको २३ खेलबाट २० अंक भएको छ ।


लन्डन क्लब अझै पनि १८ औं स्थानमा रहेको छ । सन्डरल्यान्ड भने ३३ अंकमा नवौं स्थानमा रह्यो । लन्डन स्टेडियममा भएको खेलमा घरेलु टिमका लागि क्रेसेन्को सुमेरभिले, जार्डोन बावेन र म्याथ्येस फर्नान्डेजले एक एक गोल गरे ।


तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । दोस्रो हाफमा सन्डरल्यान्डले एक गोल फर्काएको थियो र यो ब्रायन ब्रोबीको नाममा रह्यो ।


Swadesh Maharjan | January 24th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya