
डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल प्रवेश गर्ने क्रममा क्वालिफायर–वानमा गुजरात टाइटन्सलाई सजिलै ९२ रनले पराजित गरेको छ ।
धर्मशालामा भएको खेलमा जितका लागि २ सय ५५ रनको लक्ष्य पछ्याएको गुजरात १९.३ ओभर मात्र टिकेर १ सय ६२ रन बनाएर अलआउट भयो । त्यसमा राहुल तेवतियाले सर्वाधिक ६८ रन बनाए र बेंगलुरुलाई जितका लागि पर्खन बाध्य तुल्याए ।
पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले पाँच विकेटमा २ सय ५४ रनको कीर्तिमानी स्कोर बनाएको थियो । कप्तान रजत पाटिदारले ३३ बलमा ९३ रन जोडे । त्यसमा पाँच चौका र नौ छक्का सामेल थियो ।
यस्तै बेंगलुरुका लागि विराट कोहली र क्रुनाल पान्ड्याले समान ४३ रन जोडे । अब गत वर्ष पहिलो पटक च्याम्पियन भएको बेंगलुरुसामु उपाधि रक्षाको अवसर हुनेछ ।
आज हुने इलिमिनेटरमा सन राइज हैदरावाद र राजस्थान रोयल्स खेल्नेछन् । त्यसमा विजयी रहने टिमले क्वालिफायर–टुमा गुजरातको सामना गर्नेछ । त्यसकै विजेताले फाइनलमा बेंगलुरुको सामना गर्नेछ ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]