Share on:

काभा महिला भलिबल च्याम्पियनसिप : बंगलादेशमाथि किर्गिस्तानको जित
May 26th, 2026

काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत सम्पन्न खेलमा किर्गिस्तानले बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ।


किर्गिस्तानले बंगलादेशमाथि ३-० को सहज जित निकाल्ने क्रममा पहिलो सेट २५-१५, दोस्रो सेट २५-१० र तेस्रो सेट २५-१० ले आफ्नो पक्षमा पार्‍यो।


खेलभरि किर्गिस्तानले उत्कृष्ट ब्लकिङ, आक्रामक स्पाइक तथा मजबुत डिफेन्स प्रस्तुत गर्दै बंगलादेशलाई दबाबमा राखेको थियो। बंगलादेशले केही उत्कृष्ट र्‍याली खेले पनि किर्गिस्तानको बलियो प्रदर्शन अगाडि टिक्न सकेन।


Swadesh Maharjan | May 26th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya