
अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन असफल रहेपछि एसी मिलानले सोमबार आफ्ना प्रशिक्षक मासिमिलिनो एलेग्रीलाई वर्खास्त गरेको छ ।
इटालीको सिरी ए को यो जिनको अन्त्यमा मिलान निराशाजन रूपमा पाँचौं स्थानमा रहेको थियो । आइतबारको अन्तिम मिलान सानसिरोमा भएको खेलमा कागलिरीसँग २–१ ले पराजित भएको थियो ।
यससँगै मिलान शीर्ष चारमा पर्न असफल रहेको थियो । गत सिजन पनि मिलान च्याम्पियन्स लिगका लागि छनोट हुन सकेको थिएन् । क्लबले अब टिम व्यवस्थापनमा पूर्णतः नयाँ नियुक्त गर्ने पनि भनेको छ ।
इटालीको सिरी ए बाट यसपल्ट इन्टर मिलान, नेपोली, रोमा र कोमो शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट भएका थिए ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]