Share on:

काभा भलिबल आज पनि तीन खेल हुँदै
May 25th, 2026

काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत सोमबार तीन रोमाञ्चक खेल हुँदैछन्। प्रतियोगितामा आज समूह ‘ए’ र समूह ‘बी’ अन्तर्गतका टोलीहरू प्रतिस्पर्धामा उत्रिने भएका हुन्।


प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकाको सामना गर्नेछ। समूह ‘बी’ अन्तर्गतको यो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा रहने भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।


दोस्रो खेलमा समूह ‘ए’ अन्तर्गत भारत र किर्गिस्तान आमनेसामने हुनेछन्। यो खेल दिउँसो २ः३० बजे सुरु हुनेछ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको भारत आफ्नो जितको यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ भने किर्गिस्तान बलियो चुनौती प्रस्तुत गर्ने तयारीमा रहेको छ।


दिनको अन्तिम खेलमा इरान र काजाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘बी’ अन्तर्गतको यो खेल साँझ ५ बजे सुरु हुनेछ। 


Swadesh Maharjan | May 25th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya