Share on:

नेपालले आज भुटानको सामना गर्दै
May 25th, 2026

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।


प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ४ः४५ बजे भारतको गोवास्थित फतोरदा रंगशालामा सुरु हुनेछ ।


आजै हुने दोस्रो खेलमा घरेलु टोली भारतले माल्दिभ्ससँग साँझ ७ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता आजदेखि जेठ २३ गतेसम्म भारतमा सञ्चालन हुनेछ ।


प्रतियोगितामा नेपाल, भुटान र श्रीलंका समूह ‘ए’ मा रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् ।


नेपालले आफ्नो दोस्रो खेल जेठ १७ गते श्रीलंकाविरुद्ध खेल्नेछ ।


Swadesh Maharjan | May 25th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya