
रोयल च्यालेन्जर्स बेंगलुरुले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा चेन्नाइ सुपर किंग्समाथि प्रभावशाली जित निकाल्नै अंक तालिकाको शीर्षमा उक्लेको छ । लगातार दोस्रो जितका लागि बेंगलुरुले चेन्नाइलाई ४३ रनले हराएको हो । बेंगलुरुमा भएको खेलमा विजयी टिमले पहिले ब्याटिङ गर्दै तीन विकेटमा २ सय ५० रनको स्कोर खडा गरेको थियो ।
त्यसमा टिम डाभिडले नटआउट रहेर २५ बलमा ७० रन जोडे । यस्तै फिल साल्टले ४६, देवदत्त पाडिकलले ५० र रजत पाटिदारले ४८ रन बनाए । जवाफमा चेन्नाइले १९.४ ओभरमा अलआउट हुन अगाडि २ सय ७ रन मात्र बनाउन सक्यो । त्यसमा सरफराज खानले बनाएको ५० रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।
खराव लयमा रहेको चेन्नाइको यो लगातर तेस्रो हार हो र शून्य अंकमा टिम दस टिममध्ये पुछारमा रहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]