
एफएकपको सेमिफाइनल समीकरण आइतबार पूरा भएको छ । त्यस अनुसार अब लिड्सले फाइनल प्रवेशका लागि चेल्सीको सामना गर्नेछ । अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटी दोस्रो डिभिजनको टिम साउथह्याम्पटनसँग भिड्ने छ ।
लिड्सले अन्तिम क्वाटरफाइनलमा वेस्ट ह्याम युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले हराएको हो । निर्धारित समयको खेल भने २–२ को बारबरीमा रहेको थियो । लिड्सका लागि एक्लेल डिसासीले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए ।
लिड्स र वेस्ट ह्याम दुवै प्रिमियर लिगमा भने रेलिगेसनबाट बच्न संघर्षरत छन् । लिड्स एफएकपको सेमिफाइनल पुगेको यो ३९ वर्षयता पहिलो पटक हो । उसले सन् १९८७ मा पछिल्लो पटक सेमिफाइनल खेलेको थियो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]