Share on:

दिल्लीमाथि बेंगलुरुको एकपक्षीय जित
April 28th, 2026

डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुले सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्समाथि एकपक्षीय नौ विकेटको जित निकालेको छ । दिल्ली पहिले ब्याटिङ गर्दै १६.३ ओभरमा ७५ रन बनाएर अलआउट भएको थियो ।


दिल्ली एक समय आठ रन बनाउँदा छ विकेट गुमाएको कमजोर स्थितिमा थियो । अभिषेक पोरेलको ३० रननै सर्वाधिक ठूलो स्कोर रह्यो । बेंगलुरुका लागि जस हेजलउडले १२ रनमा चार र भुवनेश्वर कुमारले पाँच रनमा तीन विकेट लिए ।


जवाफमा बेंगलुरुले ६.३ ओभरमा एक विकेट गुमाएर ७७ रन बनायो । यो जितपछि बेंगलुरु १२ अंकमा दोस्रो स्थानमा रह्यो । दिल्ली भने छ अंकमा सातौं स्थानमा छ ।


Swadesh Maharjan | April 28th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya