Share on:

एभरेष्ट र पुलिसको विजयी
April 28th, 2026

काठमाडौं। १०औँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत मंगलबार सम्पन्न महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्।


महिलातर्फ पहिलो खेलमा एभरेष्टले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा ३–० ले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। एभरेष्टले पहिलो सेट २५–११, दोस्रो सेट २५–१० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्दै सहज जित निकालेको हो। 


जारी प्रतियोगितामा एभरेष्टको यो दोस्रो जित हो। चार खेलमा दुई हार ब्यहोरेको एभरेष्टसँग चार अंक छ। चारै खेलमा पराजित सुदूर अंक बिहिन छ।


यस्तै दोस्रो खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले ३–१ को पुनरागमन जित निकाल्यो। पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले त्यसपछिका तीनै सेट २५–१५, २५–१५ र २५–१५ ले जित्दै शानदार पुनरागमनसहित महत्वपूर्ण जीत दर्ता गर्न सफल भयो।


जारी प्रतियोगितामा पुलिसको लगातार तेस्रो जित हो भने आर्मीको तेस्रो हार हो। 


Swadesh Maharjan | April 28th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya