Share on:

लिग–२ : नेपाल र युएई खेल्दै
November 5th, 2025

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दैछन्।


दुबईस्थित आइसीसी एकेडेमीमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरू हुनेछ।


यस सिरिजमा नेपालले सुरुआती तीनै खेलमा हार बेहोरेको छ भने युएईले तीन खेलमा एक जित र दुई हारको सामना गरेको छ। सिरिजको पहिलो भेटमा युएईले नेपाललाई पराजित गरेको थियो।


अंकतालिकामा नेपाल सातौँ स्थानमा छ। उसले १९ खेलमा ५ जित र १२ हारसहित १२ अंक जोडेको छ। उता, समान १९ खेल खेलेको युएई ८ अंकसहित पुछारमा रहेको छ।


यसै सिरिजमा अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेलमा जित हासिल गरेको छ।


Swadesh Maharjan | November 5th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya