
लगातारको खराव प्रदर्शनको शिकार बनेको लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति त्यस्तो जित निकालेको छ, जसलाई उसको वास्तविक प्रदर्शन भन्न मिल्छ । त्यो भनेको ‘रियल’ जित । एनफिल्डमा भएको खेलमा छ पल्टको च्याम्पियन लिभरपुलले रियल म्याड्रिडलाई १–० ले हराएको हो ।
त्यसमा एक मात्र गोल एलेक्स म्याक एलिस्टर गरे, यो गोल ६१ औं मिनेटमा सम्भव भएको थियो । कीर्तिमान १५ पल्टको च्याम्पियन रियलका लागि उसका गोलरक्षक थिबो कोट्वाले शृंखलाबद्ध बचाउ नगरेको भए हार अझ फराकिलो हुने थियो, यही साँघुरो जितमा रियल खुसी रहनेछ ।
लिभरपुलकै पूर्व खेलाडी लुइस डियाजको दुई गोलको मदतले बायर्न म्युनिकले भने डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले पराजित गर्यो । डियाजले चौथो मिनेटमा गोल गरेपछि ३२ मिनेटमा दोस्रो गोल थपे । यस्तै आर्सनलले स्लाभिया प्रागलाई ३–० ले हरायो ।
त्यसमा मिखेल मेरिनोले दुई गोल गरे । बायर्न र आर्सनल अंक तालिकाको शीर्ष दुई स्थानमा छन् र उनीहरूले चार खेलबाट अधिक्तम १२ अंक बटुलेका छन् । यसपल्टको प्रतियोगितामा रियलको यो पहिलो हार हो । लिभरपुल भने नौ अंकमा छैटौं स्थानमा रह्यो ।
मंगलबार कुल नौ खेल भएकोमा एटलेटिको म्याड्रिडले युनियन सेन्ट गिलोसलाई ३–१, मोनोकाले बोड/गिल्मटलाई १–० र टोटनहमले कोपनहेगनलाई ४–० ले पराजित गर्यो । यस्तै नेपोलीले इन्ट्राख्ट फ्रायन्कफर्टले ०–०, युभेन्ट्स र स्पोर्टिङ लिस्वनले १–१ तथा ओलम्पियाकोस र पीएसजी आयनहोभनले १–१ को बराबरी खेले ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]