Share on:

क्यानले घोषणा गर्यो 'कोर क्याम्प'
April 22nd, 2025

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को घोषणा गरेको छ।

पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको थियो। तर, यू-१९ विश्वकप छनोट टोलीका नरेन भट्ट, युवराज खत्री र सन्तोष यादवलाई समेट्दै ४९ सदस्यीय टोलीमा बनाएको छ।

क्यानले छनोट गरेको खेलाडीहरूलाई 'नेपाल ब्लु', 'नेपाल ग्रीन', 'नेपाल रेड' र 'नेपाल एल्लो' गरी चार समूहमा विभाजन गरिएको छ। यी चारवटै टोलीका बीचमा अभ्यास खेलहरू खेलाइने छ।





Swadesh Maharjan | April 22nd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya