Share on:

क्यानले यु१६ राष्ट्रिय पुरूष टोलीलाई जनही पचास हजार दिने
July 11th, 2025

मलेशियामा भएको एसिसि यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्ने नेपाल यु१६ राष्ट्रिय पुरूष क्रिकेट टोली र यस टोलामा समावेश अफिसियलहरूलाई क्यानले जनही रूपैया पचास हजार दिनेभएको छ। यस पूरस्कार खेलाडी र अफिसियलहरूलाई हौसला स्वरूप प्रदान गरिने क्यानले एक बिज्ञप्ति निकाल्दै जानकारी गराए।


नेपालले अपराजित रहदै यस प्रतियोगिता जितेको हो। फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो। त्यस्तै सेमिफाइनल खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको हो। नेपालले सिंगापुरलाई ६ तथा जापानलाई ९ विकेटले हराउँदा इन्डोरनेसियामाथि ३७० रनको जित हात पारेको थियो। भुटानलाई २९८ रनले पराजित गरेको थियो।


Swadesh Maharjan | July 11th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya