Share on:

फाइनलमा स्वाटिकको प्रतिद्वन्द्वी एनिसिमोभा
July 11th, 2025

विम्बल्डन २०२५ को महिला एकल फाइनलको समीकरण तयार भएको छ र त्यसमा एक यस्तो खेलाडी पनि छन्, जसलाई सेमिफाइनलमा प्राप्त जितमा विश्वास नै छैन् । पाँच पल्टको ग्रान्ड स्लाम विजेता इगा स्वाटिक फाइनल पुग्ने दोस्रो खेलाडी रहिन् ।

उनले सेमिफाइनलमा ओलम्पिकका पुर्व च्याम्पिययन बेलिन्डा बेनिसिचलाई ६–२ र ६–० ले हराइन् । ग्रान्ड स्लामको सेमिफाइनलमा यस्तो स्कोर त अकल्पनीय नै जस्तो हुन्छ् । त्यसैले स्वाटिक आफै भन्छिन्, ‘यस्तो हुन्छ भनेर त मैले सोचेकी पनि थिइनं ।’

यो जितका लागि उनले खालि ७१ मिनेट खर्चेकी थिइन् । अब फाइनलमा उनले सामना गर्नेछिन्, अमान्डा एनिसिमोभा । उनी भने विम्बल्डनको फाइनल पुगेको यो पहिलो पटक हो र यसका लागि 

उनले कडा संघर्ष गर्नु पर्‍यो, यो जित गाह्रै रह्यो ।

एनिसिमोभाले पहिलो सेमिफाइनलमा विश्व नम्बर १ खेलाडी आरयन सबलेन्कालाई ६–४, ४–६ र ६–४ ले हराइन् । ‘यो जित वास्तवकै निकै गाह्रो रह्यो । अहिले मलाई लाग्छ, साँच्चै मैले यो कसरी पो जितें होला,’ आफ्नो खुसी पोख्दै उनले भनिन् ।


Swadesh Maharjan | July 11th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya