
लखनउ सुपर जायन्ट्सले शुक्रबार इन्डियन प्रिमियर लिगमा चेन्नाइ सुपर किंग्सलाई सजिलै सात विकेटले हराएको छ । यो प्रतियोगितामा उसको चौथो जित रह्यो, तर यसका बावजुत टिम आठ अंकमा अन्तिम स्थानमै रह्यो ।
हारले चेन्नाइ भने १२ अंकमा छैटौं स्थानमा झरेको छ र यो हारले उसको प्ले अफ सम्भावना कमजोर बनाएको छ । लखनउमा भएको खेलमा चेन्नाइले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा १ सय ८७ रन बनाएको थियो ।
कार्तिक शर्माले सबैभन्दा बढी ७१ रन बनाए । जवाफमा लखनउले १६.४ ओभरमा तीन विकेटमा १ सय ८८ रन बनायो । ओपनर मिचेल मार्सले नटआउट रहेर ९० रन बनाए । उनले ३८ बलको इनिङ्समा नौ चौका तथा सात छक्का प्रहार गरे ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]