काठमाडौं- चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ ।
राति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
यो संगै चेन्नईले २०१०, २०११, २०१८ ,२०२१ र २०२३ गरि पाचपटक आइपिएलको उपाधि जितेको छ।
उपाधि जित्नका लागी २१५ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले ब्याटिंग गर्दै सुरुवाती ३ बलमा ४ रन बनाउदा वर्षाले खेल रोकिएको थियो ।
यसअघि टस हारेर गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो ।
गुजरातका लागि साई शुदर्शनले सर्वाधिक ९६ रन बनाए। त्यस्तै ऋद्धिमान शाहले ५४ रन बनाए । शुभमन गिलले ३९ रन बनाए ।
चेन्नईका लागि मथिशा पथिरानाले २ तथा दीपक चहर र रविन्द्र जडेजाले समान १-१ विकेट लिए ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]