
काठमाडौं। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा जित हात पारेको छ।
मंगलबार सम्पन्न खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले ५ बल बाँकी रहँदा १७१ रन बनायो। योसँगै चितवनले २ अंक जोडेको छ।
चितवनका रवी बोपाराले सर्वाधिक ५२ रन बनाए। ३६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।
ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए। सैफ जैब ३८ र कप्तान कुशल मल्ल २० रनमा आउट हुँदा अर्जुन साउद ८ रनमा अविजित रहे।
कर्णालीका सोमपाल कामीले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। युनिस सिंह, मार्क वार्ट र युवराज खत्रीले समान एक १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो।
कर्णालीका प्रियांक पाञ्चलाले सर्वाधिक ९० रन बनाए। डेब्यु खेल खेलिरहेका उनी शतकबाट १० रनले चुके। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।
म्याक्स ओ’ डाउड २० र मार्क वार्ट १६ रनमा आउट भए। पवन सर्राफले २७ र नजिबुल्लाह जद्रानले अविजित रहँदै ४ रन थपेपछि कर्णालीले खातामा १६६ रन पुर्याएको हो।
चितवनका सैफ जैब, सोहेल तान्भिर र रवी बोपाराले समान १ विकेट लिए।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]