Share on:

नेपालको लगातार पाँचौं हार
November 18th, 2025

नेपालले एसियाकप छनोटको तेस्रो चरणमा मंगलबार लगातार पाँचौं हार बेहोरेको छ । क्वालम्पुरमा भएको खेलमा यसपल्ट दस खेलाडीमा सीमित नेपाललाई मलेसियाले १–० ले पराजित गरेको हो ।


पूरा खेल अवधिमा मलेसियाले एकपछि अर्को शृंखलाबद्ध आक्रमण बुने पनि एकै गोल मात्र गर्न सक्यो र यो फैसल हमिलको नाममा रह्यो । उनले ५६ औं मिनेटमा निर्णायक गोल गरे ।


यो जितपछि मलेसिया अर्को वर्ष हुने एसियाकपको छनोट नजिक पुगेको छ । लगातार पाँचौं जितपछि मलेसियाको १५ अंक भएको छ र चार टिममध्ये शीर्षमा छ । नेपाल भने शून्य अंकमा पुछारमा छ ।


नेपालको साँघुरो हारमा गोलरक्षक तथा कप्तान किरण लिम्बूले लगातार बचाउ गरिरहे र उनी नै खेलमा सबैभन्दा ब्यस्त खेलाडी रहे ।


खेलको अन्त्यतिर लाकेन लिम्बू रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । त्यसमै मलेसियाले पेनाल्टीको अवसर पनि पाएको थियो । तर पाओलो गोल गर्न असफल रहे र उनको प्रहार बाहिरिएको थियो ।


Swadesh Maharjan | November 18th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya