
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बुधबार लखनउ सुपर जायन्ट्सलाई सजिलै छ विकेटले पराजित गरेको छ । विजयी सुरुआत लिने क्रममा १ सय ४२ रनको लक्ष्य पछ्याएको दिल्लीले चार विकेटमा १ सय ४५ रन बनाएको थियो ।
जितसम्म पुग्दा दिल्लीले १७.१ ओभर मात्रै खेलेको थियो । लखनउमा भएको खेलमा घरेलु टिमले पहिले ब्याटिङ गर्दै १८.४ ओभरमा अलआउट भएर १ सय ४१ रन बनाएको थियो । त्यसमा अब्दुल समदको ३६ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।
दिल्लीका लागि भने समीर रिज्भीले नटआउट रहेर ४७ बलमा ७० रन बनाए । उनले पाँच चौका र चार छक्का प्रहार गरे ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]