Share on:

दिपेन्द्रको अर्धशतकमा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य
February 15th, 2026

काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।


मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३३रन बनाएको छ। 


ओपनर कुशल भुर्तेल १ रनमै आउट हुँदा आसिफ शेखले ११ रन जोडे। कप्तान रोहित पौडेल ५ रनमा एलबीडब्ल्यू भए। ६.३ ओभरसम्म नेपाल २३-४ को कमजोर अवस्थामा पुगेको थियो।


मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले जिम्मेवारीपूर्ण इनिङ्स खेले। उनले ४७ बलमा ३ चौका र ३ छक्कासहित ५८ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्‍याए। लोकेश बमले १३ तथा गुल्सन झाले ११ रन जोडे।


अन्तिम ओभरतिर सोमपाल कामीले आक्रामक ब्याटिङ गर्दै अविजित २६ रन १५ बल, ४ चौका बनाएपछि नेपाल २० ओभरमा १३३/८ को अवस्थामा पुग्यो।


बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर सर्वाधिक प्रभावशाली देखिए। उनले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। म्याथ्यु फोर्डेले किफायती बलिङ गर्दै ४ ओभरमा १० रन मात्र खर्चेर १ विकेट लिए। अकेल होसेन, शामार जोसेफ र रोस्टन चेसले समान १/१ विकेट लिए।


Swadesh Maharjan | February 15th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya