Share on:

दुर्गेशको शतकमा भोटेचौरको पहिलो जित
June 13th, 2025

काठमाडौं । भोटेचौर स्पोर्टस क्लबले सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी–२० प्रतियोगितामा शुक्रबार हेलम्बु गाउँपालिकालाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा ६ रनले पराजित गरेको छ ।

जितसँगै भोटेचोरले समूह ‘बी’ मा दुई खेलबाट दुई अंक जोडेको छ । हेलम्बुले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । पहिलो खेलमा भोटेचौर मेलम्ची नगरपालिकासँग पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वर्षा बाधक बन्दा हेलम्बुले ६.४ ओभरमा ६४ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य पछ्याएको हेलम्बुले सबै ओभर ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै ५७ रन मात्रै बनाउन सक्यो ।

विनोद तामाङले अविजित ३३ र कृष कार्कीले १० रन बनाए ।

भोटेचौरका लागि राजेश चौलागाईँले दुई र सुमित झाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भोटेचौरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो ।

भोटकोशीका लागि दुर्गेश थापाले ६३ बलमा १० चौका र पाँच छक्काको मद्दतले अविजित ११२ रनको योगदान गरे । प्रतियोगितामा यो दोस्रो शतक हो ।  यसअघि द माइटी साँगाचोकका अशोक पौडेलले पाँचपोखरी हिमालयन क्रिकेट क्लबविरुद्ध १०१ रन प्रहार गरेका थिए । 

यसैगरी सुमित झाले ३६, निश्चल थापाले १६ र कप्तान राजीव चौलागाईँले १० रन बनाए ।

हेलम्बुका लागि दावा शेर्पाले दुई र विनोद तामाङले एक विकेट लिए ।

शक्रुबारलाई तय पाँच पोखरी हिमालय क्लब र पाँचपोखरी क्रिकेट क्लबबीचको खेल भने वर्षाका कारण रद्द भयो । 

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।


Swadesh Maharjan | June 13th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya