Share on:

पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
June 14th, 2025

काठमाडौं । सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय गरे । 

शनिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा मेलम्ची नगरपालिकाले हेलम्बु गाउँपालिकाविरुद्ध सात विकेटको जित निकाल्यो । 

हेलम्बुले प्रस्तुत गरेको ७६ रनको लक्ष्य मेलम्चीले ११.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । 

मेलम्चीका लागि सोनु देवकोटाले अविजित ४१, विनोद तामाङले अविजित २१ र कप्तान रिन्जिङ लामाले ११ रन बनाए । 

हेलम्बुका लागि विनोद तामाङले दुई र कृष कार्कीले एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ रोजेको हेलम्बुले १५.१ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनको योगफल तयार पारेको थियो । 

हेलम्बुका लागि विवेक तामाङले ३२ र विनोद तामाङले २४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

मेलम्चीका लागि सोनु देवकोटाले चार ओरभरमा १२ रन खर्चिएर सर्वाधिक सात विकेट लिए । यसैगरी रिन्जिन लामाले दुई र उत्तम थापामगरले एक विकेट हात पारे । 

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लब र भोटेचौर स्पोर्टस क्लब तथा मेलम्ची नगरपालिका र द माइटी साँगाचोक प्रतिस्पर्धा गर्नेछन् ।


Swadesh Maharjan | June 14th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya