Share on:

इंग्ल्यान्ड टस जितेर ब्याटिङ गर्दै
February 8th, 2026

इंग्ल्यान्डले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा नेपालविरुद्ध आइतबार टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ । यो खेल मुम्बईको वानखेडे स्टेडियमा हुँदैछ ।


रोहित पौडेलनको नेतृत्वमा रहेको टिममा कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, लोकेश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछानेट रहेका छन् । शेरले नेपाली टिमबाट डेब्यु पनि गरिरहेका छन् ।


इंग्लिस टिममा भने कप्तान ह्यारी ब्रुक्ससँगै फिल साल्ट, जस बटलर, ज्याकेब बेथल, टम वान्टन, साम करन, विल ज्याक्स, लियान डसन, जोफ्रा आर्चर, एदिल रहिद र लुक उड रहेका छन् ।


Swadesh Maharjan | February 8th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya