Share on:

टी–२० विश्कप : नेपालले पहिलो खेलमा इङ्ल्यान्डको सामना गर्दै
February 8th, 2026

काठमाडौँ। भारतमा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेलमा इङल्यान्डको सामना गर्दैछ।


मुम्बईको वानखेडे स्टेडियममा हुने समुह 'सी' अन्तर्गतको यो खेल नेपाली समयअनुसार दिउसो ३:१५ बजेदेखि शुरु हुँदैछ।


नेपालले इङल्यान्डविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो पटक हो। 


विश्वकप अन्तरगत आज बिहान ११:१५ बजेदेखि समुह 'डी' को अफगानिस्तान र न्यूजील्याण्डबीच खेल हुँदैछ भने आजै राति ७:१५ बजेदेखि समुह 'बी' अन्तर्गतको श्रीलंका र आयरल्यान्डबीच खेल हुने तालिका रहेको छ।


Swadesh Maharjan | February 8th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya