दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई मंगलबार पहिलो वान डेमा त्यस्तो हार चखाएको छ, जसलाई लाजमर्दो भन्दा हुन्छ । लिड्समा भएको खेलमा दक्षिण अफ्रिका सात विकेटले विजयी रह्यो ।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड खालि २४.३ ओभर मात्र टिक्न सक्यो र १ सय ३१ रन बनाएर अलआउट भयो । त्यसपछि दक्षिण अफ्रिकाले २०.५ ओभरमामा तीन विकेट गुमाएर १ सय ३७ रन बनायो ।
यसरी दक्षिण अफ्रिका असाध्यै सजिलै विजेता रह्यो । यसमा प्रमुख भूमिका भने बलरहरूले खेले । केशव महाराजले २२ बलमा चार विकेट लिए । यस्तै वियान मुल्डरले ३३ रनमा तीन विकेट हात पारे ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]