Share on:

एनआरटी महिला लिग छनोट नजिक
September 3rd, 2025

काठमाडौं। न्युरोड टिम एनआरटी एन्फा राष्ट्रिय महिला लिगको छनोट नजिक पुगेको छ।


च्यासल रंगशालामा बुधबार बुटवल लुम्बिनी एफसी महिला टिमलाई २-० ले पराजित गर्दै छनोट नजिक पुगेको हो।


एनआरटीको जितमा जुना तामाङ र प्रतीक्षा ठकुरीले गोल गरिन्। ६६औं मिनेटमा जुनाको गोलमार्फत एनआरटीले सुरुआती अग्रता लिएको थियो। ८४औं मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै जित पक्का गर्दिइन्।


जितसँगै समूह 'बी' को एनआरटीले ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ। समान खेलबाट ९ अंक रहेको झापा तेस्रो स्थानमा छ भने १५ अंकसहित संकटा यसअघि नै छनोट भइसकेको छ।


अब एनआरटी एक खेल खेल्न बाँकी छ। उक्त खेल बराबरीको नतिजाले पनि एनआरटी छनोट हुनेछ।


Swadesh Maharjan | September 3rd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya