Share on:

राजस्थानलाई हराएर गुजरात दोस्रोमा
May 10th, 2026

गुजरात टाइटनसले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्समाथि ७७ रनको प्रभाविशाली जित निकालेर अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । गुजरातको १४ अंक भएको छ ।


राजस्थान भने १२ अंकमा पाँचौं स्थानमा रह्यो । शुभमन गिलले ४४ बलमा बनाएको ८४ रनको मदतले गुजरातले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय २९ रन बनाएको थियो । गिलले पहिलो विकेटका लागि साइ सुदर्शनसँग १ सय १८ रनको साझेदारी गरे । सुदर्शनले ५५ रन जोडे ।


प्रतिउत्तरमा राजस्थानले १६.३ ओभरमा अलआउट हुन अगाडि १ सय ५२ रन मात्र बनायो र रविन्द्र जडेजाले बनाएको ३८ रन नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । रसिद खान ३३ रनमा चार विकेट लिन सफल भए ।


Swadesh Maharjan | May 10th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya