
म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा शनिबार ब्रेन्टफोर्डलाई पराजित गर्दै शीर्षमा रहेको आर्सनलसँगको दूरी दुई अंकमा कायम राख्यो । सिटीको ३५ खेलबाट ७४ अंक भएको छ । आर्सनल ७६ अंकमा छ ।
आर्सनलले आइतबार वेस्ट ह्यामको सामना गर्दैछ र यो खेल आफैमा चुनौतीपूर्ण हुनेछ । इतिहाडमा भएको खेलमा सिटीका लागि जेरेमी डोकु, इर्लिङ हालान्ड र ओमर मारमोसले एक एक गोल गरे ।
शनिबारका अन्य खेलमा सन्डरल्यान्ड र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेले । यस्तै बर्नमाउथले फुलहमलाई १–० र ब्राइटनले उल्भ्सलाई ३–० ले पराजित गर्न सफल रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]