Share on:

गुजरात पुग्यो फाइनलमा
May 30th, 2026

गुजरात टाइटन्सले शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल यात्रा निश्चित गरेको छ र त्यहाँ उसको भेट हुनेछ, डिफेन्डिङ च्याम्पियन रोयल च्यालेर्न्ज बेंगलुरुसँग ।


फाइनल क्वालिफायर वानकै पुनरावृत्ति रहनेछ । यस्तै यो खेल लिग चरणको समाप्तीमा शीर्ष दुई स्थानमा रहने टिमबीचकै प्रतिस्पर्धा पनि हुनेछ । गुजरातले चंडिगढमा भएको क्वालिफायर–टुमा राजस्थान रोयल्सलाई सजिलै सात विकेटले हराएको हो ।


जितका लागि २ सय १५ रनको लक्ष्य पछ्याएको गुजरातले सात विकेट गुमाएर १८.४ ओभरमा २ सय १९ रन बनायो । ओपनर तथा कप्तान शुभमन गिलले १ सय ४ रनको शतकीय इनिङ्स खेले । उनले ५३ बलको मात्र सामना गरे र त्यसमा १५ चौका र तीन छक्का प्रहार गरे ।



अर्का ओपरन साई सुदर्शनले ३२ बलमा ५८ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि १ सय ६७ रनको साझेदारी गरे र यो नै जितको आधार भयो । त्यस अगाडि पहिले ब्याटिङ गरेको राजस्थानले छ विकेटमा २ सय १४ रन बनाएको थियो ।

ओपनर वैभव सूर्यवंशीले ९६ रन बनाए । यस्तै रविन्द्र जडेजाले ४५ रन थपे ।


Swadesh Maharjan | May 30th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya