
ब्राजिली किशोर खेलाडी जाओ फोनसेकाले फ्रेन्च ओपनको तेस्रो चरणमा शनिबार नोभाक जाकोभिचलाई हराएका छन् र यसले सर्बियाली खेलाडीको कीर्तिमान २५ औं ग्रान्ड स्लाम जित्ने सपना फेरि अधुरै रहने भएको छ ।
यो नतिजाले जोकोभिचलाई एक अर्को ग्रान्ड स्लाम जित्ने अभियान निकै गाह्रो हुने पनि तय देखिएको छ । फोनसेकाले दुई सेटले पछाडि परेको स्थितिबाट ३९ वर्षीय जोकोभिचलाई ४–६, ४–६, ६–३, ७–५ र ७–५ ले पराजित गरे ।
खेल चार घण्टा ५३ मिनेट चलेको थियो र यसक्रममा १९ वर्षीय खेलाडी उत्कृष्ट पुर्नआगमन रच्न सफल रहे र आफ्नो खेल जीवमा पहिलो पटक ग्रान्ड स्लामको अन्तिम १६ पुगे ।
महिलातर्फ इगा स्वाटिक पनि प्रतियोगिताको अन्तिम १६ पुगेकी छिन् । उनले यसका लागि मागडा लिनेटलाई ६–४ र ६–४ ले पराजित गरिन् ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]