Share on:

भारतको पनि बलियो जवाफ
July 27th, 2025

इंग्ल्यान्ड र भारतबीच म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा चलिरहेको चौथो टेस्टमा एउटा स्थिति निश्चित भएको छ । भारतले यो टेस्ट जित्ने त छैन् नै, अब उसको उद्देश्य इंग्ल्यान्डलाई पनि जित्न नदिने हुनेछ । त्यो भनेको भारतको उद्देश्य यो टेस्टलाई बराबरीमा टुंग्याउनु हुनेछ ।

आज आइतबार पाँचौं दिनको खेल हुनेछ र भारतले आफ्नो दोस्रो इनिङ्स दुई विकेटको क्षतिमा १ सय ७४ रनबाट अगाडि खेल्न सुरु गर्नेछ । त्यसमा कप्तान शुभमन गिल ७८ र केएल राहुल ८७ रनमा नटआउट छन् । उनीहरूले तेस्रो विकेटका लागि १ सय ७४ रनको साझेदारी गरिसकेका छन् ।

भारतको अबको प्रदर्शन धेरै हदसम्म यिनै दुई खेलाडीमा भर पर्नेछ । पाहुना टिम अझै १ सय ३७ रनले पछाडि छ, त्यसैले डर हुनेछ, कतै कुनै पनि बेला नाटकीय पतनको शिकार त हुने होइन् भनेर । इंग्ल्यान्डले भने आफ्नो पहिलो इनिङ्समा ६ सय ६९ रन बनाएको थियो ।


Swadesh Maharjan | July 27th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya