Share on:

जनकपुर बोल्ट्स एकेडेमी खोल्ने
December 12th, 2025

जनकपुर बोल्ट्सले शुक्रबार मधेश प्रदर्शनका आठ जिल्लामा एकेडेमी खोल्ने घोषणा गरेको छ । एकेडेमीको नाम जेबी क्रिकेट एकेडेमी रहनेछ । सुरुमा एकेडेमी जनकपुरसँगै बारा र सिराहामा खोलिनेछ । पछि अन्यत्र पनि एकेडेमीको विस्तार गरिनेछ ।


एकेडेमीको प्रमुख उद्देश्य रहनेछ, ग्रास रुट स्तरमा खेलाडी उत्पादनमा केन्द्रित हुने र भविष्यका स्टार खेलाडी जन्माउने । बोल्ट्सको प्रेस विज्ञप्तीमा भनेको छ, ‘एकेडेमीमा व्यवसायिक प्रशिक्षकसँगै आधुनिक प्रशिक्षण सुविधा हुने छ । यस्तै क्रिकेटमा आफ्नो भविष्य देख्नेलाई सही मार्गनिर्देशन दिने प्रयास हुनेछ ।’


यस एकेडेमीमा बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपउल पनि आवद्ध हुनेछन् । एकेडेमी खोल्ने घोषणा कार्यक्रममै अर्को सिजनका लागि नि उनी नै मुख्य प्रशिक्षक रहने बताएको थियो । चन्द्रपउलले त्यस अवसरमा एकेडेमी नै कुनै पनि देशको क्रिकेट विकासको आधार हुने बताए ।


Swadesh Maharjan | December 12th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya