Share on:

ट्रान्सपोर्टसँग एपीएफको बराबरी
December 11th, 2025

भुटानको ट्रान्सपोर्ट युनाइटेडले वुमेन्स साफ वुमेन्स क्लब च्याम्पियनसिप २०२५ मा बिहीबार नेपाली लिग च्याम्पियन एपीएफलाई गोलरहित बराबरीमा रोकेको छ । यो नतिजाले कुल पाँच टिम सम्मिलित प्रतियोगिताको फाइनल पुग्ने समीकरण खुल्ला रह्यो ।


खेलमाथि पूर्ण प्रभुत्व राखे पनि एपीएफले निर्णायक आक्रमण बुन्न सकेन् । ट्रान्सपोर्टकी गोलरक्षक संगीता मोन्गरले उत्कृष्ट प्रदर्शन गरिन् र लगातार बचाउ गरिन् । यो नतिजापछि एपीएफ चार अंकमा दोस्रो स्थानमा रह्यो भने ट्रान्सपोर्ट दुई अंकमा चौथो स्थानमा रहिन् ।


इस्ट बंगाल छ अंकसहित शीर्ष स्थानमा छ । उसले दिनको पहिलो खेलमा कराँची एफसीलाई २–० ले पराजित गरेको थियो । कराँचीको भने तीन खेलबाट दुई अंक छ र तेस्रो स्थानमा छ ।


Swadesh Maharjan | December 11th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya