
आर्सनलले युरोपेली च्याम्पियन्स लिगमा बुधबार लगातार छैटौं जित हात पारेको छ । क्लब ब्रुगलाई ३–० को हराएयता आर्सनलको छ खेलबाट १८ अंक भएको छ र शीर्ष स्थानमा छ । इंग्लिस प्रिमियर लिग क्लबको १८ अंक भएको छ र यो दोस्रोमा रहेको बायर्न म्युनिकमाथि तीन अंकको अग्रता हो । यो जितले मिखेल आर्टेटाको आर्सनलको शीर्ष आठमा रहेर सिधै अन्तिम १६ को खेल खेल्ने सम्भावना लगभग निश्चित जस्तै भएको छ।
आर्सनलका लागि नोनी माडुकेले दुई तथा ग्याब्रिएल मार्टिनेली एक गोल गरे । अर्को प्रमुख खेलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई २–१ ले पराजित गर्यो । बर्नाबाउमा भएको खेलमा रियलले रोड्रिगोको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् । पेप ग्वार्डिओलाको सिटीका तर्फबाट निको ओरेलीले बराबरी गोल गरे भने इर्लिङ हालान्डले पेनाल्टीबाट ४३ औं मिनेटमा निर्णायक गोल गरे । सिटी १३ अंकमा चौथो स्थानमा छ ।
यस्तै अन्य खेलमा आयाक्सले कोराबागलाई ४–२, कोपनहेगनले भिल्लारियललाई ३–२, बेनफिकाले नेपोलीलाई २–० र युभेन्ट्सले पाफोसलाई २–० ले पराजित गर्यो । एथलेटिको बिलबाओ र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ०–०, बायर लेभरकुजन र न्युकासल युनाइटेडले २–२, बोरुसिया डर्टमुन्ड र बोडो/ग्लिम्टले २–२ को बराबरीमा चित्त बुझाए । पीएसजी १३ अंक भएको छ र उसले दोस्रोमा उक्लने अवसर गुमाएको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]