
काठमाडौं। दिनेश अधिकारीको घातक बलिङसँगै कर्णाली प्रदेशले जारी प्रधानमन्त्री कपमा पहिलो जित निकालेको छ।
बुधबार सम्पन्न खेलमा कर्णालीले कोशी प्रदेशलाई १६ रनले पराजित गरेको होर कर्णालीले दिएको १५२ रनको लक्ष्य पछ्याएको कोशीले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो।
कोशीका दीपेश कँडेलले सर्वाधिक २६ रन बनाए। ६६ बल खेलेका उनले एक चौका प्रहार गरे। ओपनर सुमन श्रेष्ठ २० र शिवास बजगाईं २३ रनमा आउट हुँदा अंकित सुवेदी र शकिव हकले समान १७ रनको योगदान दिए।
कर्णालीका दिनेशले सर्वाधिक ५ विकेट लिए। ८.४ ओभर बलिङ गरेका उनले २७ रन खर्चिए। दिवन पुन र प्रकाश जैशीले समान २ विकेट राखे।
जितसँगै कर्णालीले ३ खेलबाट ३ अंक पुर्याएको छ। कर्णाली तेस्रो स्थानमा छ। कोशीको भने यो लगातार दोस्रो हार हो। कोशी एक अंकसहित आठौं स्थानमा छ।
त्यसअघि पहिले ब्याटिङ थालेको कर्णालीले ३९.१ ओभरमा १५१ रनमै अलआउट भएको थियो छ।
कर्णालीका लागि विपिन शाहीले सर्वाधिक ६३ रन बनाए पनि अन्य ब्याटरहरूले साथ दिन सकेनन्। विपिन रावलले ३२ रन तथा सुनिल धमलाले १९ रनको योगदान दिए। बाँकी ब्याटरहरू दोहोरो अंकमा पुग्न समेत संघर्षरत देखिए।
बलिङतर्फ कोशीका प्रेम कामतले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। ज्ञानेंद्र श्रेष्ठले ३ विकेट लिँदा सुजन थपलियाले २ तथा विपिन महतोले १ विकेट लिए। कर्णालीको इनिङ्स धराशायी पार्न यी बलरहरू निर्णायक बने।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]