Share on:

पोखरालाई हराउँदै काठमान्डू प्लेअफमा
December 4th, 2025

काठमाडौँ। पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डू गोर्खाज जारी नेपाल प्रिमियर लिगको प्ले अफमा प्रवेश गरेको छ।


त्रिवि क्रिकेट रंगशालामा काठमान्डूले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा सबै विकेट गुमाएर १५२ रन मात्रै बनाउन सक्यो।


काठमान्डूको जितमा साहब आलमले ह्याट्रिकसहित ६ विकेट लिए। जारी एनपिएलमा ह्याट्रिक विकेट लिने उनि पहिलो तथा एक मात्र खेलाडी हुन्।


जितसँगै ७ खेलबाट काठमान्डूले पाँचौँ जित दर्ता गर्दै १० अंक जोडेर प्ले अफमा पुग्ने दोस्रो टिम बनेको छ। यसअघि सुदूरपश्चिम रोयल्स पुगिसकेको छ।


Swadesh Maharjan | December 4th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya