Share on:

रियलको जितमा एमबापे नायक
December 4th, 2025

केयलिन एमबापेले फेरि एकपल्ट रियल म्याड्रिडका लागि बुधबार शानदार प्रदर्शन गरेका छन् । उनको दुई गोल तथा अर्कोमा सहभागी भूमिकापछि रियलले स्पेनी ला लिगामा एथलेटिको बिलबाओलाई सजिलै ३–० ले हराएको हो ।


फ्रान्सेली स्टारले सातौं मिनेटमा गोलको खाता खोले र ५९ औं मिनेटमा दोस्रो थपे । त्यसबीच एडुवार्डो कोमाभिन्गाले ४२ औं मिनेटमा अर्को गोल पनि गरे ।


यो जितपछि रियलले शीर्षमा रहेको बार्सिलोनासँगको दूरी फेरि एक अंकमा कायम राखेको छ । रियलको १५ खेलबाट ३६ अंक भएको छ । बिलबाओ २० अंकमा आठौं स्थानमा रह्यो ।


Swadesh Maharjan | December 4th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya